Techie IT
२०८२ माघ ८, बिहीबार

ट्रम्पको ‘बोर्ड अफ पिस’मा ७ देश सहभागी, रुसको १ अर्ब डलर सहयोग प्रस्ताव


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन हुन लागेको शान्ति संयन्त्र ‘बोर्ड अफ पिस’मा साउदी अरेबिया, टर्की र इजिप्टसहित सात देश सहभागी हुने भएका छन्। संयुक्त वक्तव्यअनुसार साउदी अरेबिया, टर्की, इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान र कतारले बोर्डमा आबद्ध हुने सहमति जनाएका हुन्। यसअघि इजरायलले पनि आफ्नो सहभागिता सार्वजनिक रूपमा पुष्टि गरिसकेको छ।

बुधबार साँझ ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत बोर्डमा सहभागी हुन सहमति जनाएको दाबी गरेका थिए। तर पुटिनले निमन्त्रणाबारे अध्ययन भइरहेको प्रतिक्रिया दिएका छन्। रोयटर्सका अनुसार पुटिनले बोर्ड मुख्यतः मध्यपूर्वसँग सम्बन्धित रहेको उल्लेख गर्दै, रुसमाथि लगाइएका प्रतिबन्धका कारण रोक्का रहेको आफ्नो सम्पत्तिबाट १ अर्ब अमेरिकी डलर सहयोग गर्न तयार रहेको बताएका छन्।

सुरुमा यो बोर्ड गाजामा इजरायल–हमासबीच दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न र पुनर्निर्माणको निगरानीका लागि लक्षित मानिएको थियो। तर प्रस्तावित विधानमा प्यालेस्टिनी भूभागको स्पष्ट उल्लेख छैन। साथै, यसले संयुक्त राष्ट्रसंघका केही भूमिकालाई प्रतिस्थापन गर्न खोजेको देखिन्छ।

साउदी अरेबियाले भने मुस्लिम बहुल देशहरूको समूहले गाजामा स्थायी युद्धविराम, पुनर्निर्माण सहयोग तथा ‘न्यायोचित र दिगो शान्ति’ प्रवर्द्धन गर्ने उद्देश्यलाई समर्थन गरेको जनाएको छ। यसबीच क्यानडा र बेलायतलाई पनि निमन्त्रणा दिइएको भए तापनि सार्वजनिक प्रतिक्रिया आएको छैन। युएई, बहरेन र हंगेरीलगायत देशहरूले सहभागिता जनाइसकेका छन्। स्लोभेनियाका प्रधानमन्त्री रोबर्ट गोलोबले भने अन्तर्राष्ट्रिय व्यवस्थामा खतरनाक हस्तक्षेप हुन सक्ने भन्दै निमन्त्रणा अस्वीकार गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट