Techie IT
२०८३ असार २२, सोमबार

कोलम्बियामा विमान दुर्घटना: सबै यात्रु र चालक दलसहित १५ जनाको मृत्यु


कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा भएको विमान दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। विमानमा सवार १३ यात्रु र दुई चालक दलका सदस्यमध्ये कोही पनि जीवित नरहेको कोलम्बियाली नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

दुर्घटनापछि उद्धार टोली तत्काल घटनास्थलमा खटिए पनि जीवित व्यक्ति फेला पार्न नसकिएको अधिकारीहरूले बताएका छन्।

दुर्घटनाग्रस्त विमान सरकारी स्वामित्वको एयरलाइन्स कम्पनी साटेनाले सञ्चालन गरेको उडान थियो। एचके–४७०९ नम्बरको उक्त विमान स्थानीय समयअनुसार बुधबार बिहान ११ः४२ बजे राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट