Techie IT
२०८२ माघ २०, मंगलबार

महङ्गी रोक्न अष्ट्रेलियाको केन्द्रीय बैङ्कको कडा कदम


बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न अष्ट्रेलियाको केन्द्रीय बैङ्कले दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक ब्याजदर बढाएको छ।

केन्द्रीय बैङ्कले सन् २०२६ को पहिलो मौद्रिक नीति बैठकमा सर्वसम्मत निर्णय गर्दै नगद ब्याजदर ३ दशमलव ६० प्रतिशतबाट बढाएर ३ दशमलव ८५ प्रतिशत पुर्‍याएको जनाएको छ। यो सन् २०२३ नोभेम्बरपछि गरिएको पहिलो ब्याजदर वृद्धि हो। यसअघि सन् २०२५ मा बैंकले तीन पटक गरी कुल ० दशमलव २५ प्रतिशतले ब्याजदर घटाएको थियो।

मौद्रिक नीति समितिका अनुसार सन् २०२२ मा उच्च विन्दुमा पुगेको मुद्रास्फीति त्यसपछि केही घटेको भए पनि सन् २०२५ को दोस्रो भागमा पुनः तीव्र रूपमा बढेको हो।

अष्ट्रेलियाको तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२५ डिसेम्बरसम्मको १२ महिनामा उपभोक्ता मूल्य सूचकाङ्क ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो महिनाको ३ दशमलव ४ प्रतिशतभन्दा बढी हो। केन्द्रीय बैङ्कले मुख्य सूचकका रूपमा लिने आधारभूत मुद्रास्फीति दर पनि डिसेम्बरमा ३ दशमलव ३ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनामा ३ दशमलव २ प्रतिशत थियो।

मौद्रिक नीति समितिले आगामी केही समय मुद्रास्फीति २ देखि ३ प्रतिशतको लक्ष्य दायराभन्दा माथि नै रहने सम्भावना रहेको जनाएको छ। समितिका अनुसार निजी क्षेत्रको माग अपेक्षाभन्दा तीव्र रूपमा बढिरहेको छ भने उत्पादन क्षमतामा दबाब बढेको छ । श्रम बजार पनि केही कडा अवस्थामा रहेको छ।

केन्द्रीय बैङ्कको अद्यावधिक अनुमानअनुसार सन् २०२६ को मध्यसम्म वार्षिक मुद्रास्फीति दर ४ दशमलव २ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। त्यसपछि सन् २०२७ को मध्यसम्म मुद्रास्फीति घटेर २ दशमलव ९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट