Techie IT
२०८३ असार १९, शुक्रबार

इरानमा ठूलो हमला गरेको ट्रम्पको दाबी, कुन अड्डा निशानामा परे?


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानका लामो समयदेखि खोजी भइरहेका अड्डाहरूलाई निशाना बनाएर नष्ट गरेको दाबी गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भनेका छन्, “इरानमा ठूलो दिन। हाम्रो महान सेनाले लामो समयदेखि खोजी भइरहेका धेरै अड्डाहरू नष्ट गरिदिएको छ। हाम्रो सेना विश्वकै सबैभन्दा शक्तिशाली छ। भगवान् तपाईं सबैलाई आशीर्वाद दिउन्।”

यद्यपि उनले कुन–कुन अड्डामा आक्रमण गरिएको हो भन्नेबारे कुनै स्पष्ट विवरण सार्वजनिक गरेका छैनन्।

यसअघि ट्रम्पले इरानको तेल स्रोत आफ्नो नियन्त्रणमा लिन चाहेको र खार्ग द्वीपमाथि पनि नियन्त्रण सम्भव रहेको अभिव्यक्ति दिएका थिए।

यसबीच, अमेरिकी सेना मध्यपूर्व क्षेत्रमा थप सक्रिय देखिएको छ र ठूलो संख्यामा सैनिक परिचालन भइसकेका छन्। तर अमेरिका इरानविरुद्ध स्थल आक्रमण गर्ने वा नगर्ने विषयमा अहिलेसम्म कुनै औपचारिक पुष्टि भएको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट