Techie IT
२०८२ चैत्र १७, मंगलबार

भारत आउँदै गरेको इरानी विमान अमेरिकी हमलामा क्षतिग्रस्त


इरानबाट नयाँदिल्ली आउन तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परेर क्षतिग्रस्त भएको छ। महन एयरको उक्त विमान मशहद विमानस्थलमा पार्क गरिएको अवस्थामा आक्रमणमा परेको बताइएको छ।

औषधि तथा अत्यावश्यक राहत सामग्री बोकेर भारत आउने तयारीमा रहेको विमानमाथि आक्रमण भएको दाबी गरिएको छ। यद्यपि, आक्रमणबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

यसबीच अमेरिका–इजरायल र इरानबीचको युद्ध ३१औँ दिनमा प्रवेश गरेको छ। तनाव घट्ने संकेत अझै देखिएको छैन। युरोपेली संघले इरानमाथि लगाइएका मानवअधिकारसम्बन्धी प्रतिबन्धहरू थप एक वर्षका लागि विस्तार गरेको छ। अब ती प्रतिबन्धहरू १३ अप्रिल २०२७ सम्म कायम रहनेछन्।

ईयूका अनुसार प्रतिबन्धित व्यक्ति तथा संस्थाहरूलाई युरोपेली देशहरूमा यात्रा गर्न रोक लगाइनेछ भने उनीहरूको सम्पत्ति फ्रिज गरिनेछ। साथै, निगरानी वा दमनमा प्रयोग हुन सक्ने उपकरणहरू इरानतर्फ निर्यात गर्न पनि निषेध गरिएको छ।

यसैबीच, इरानको संसदअन्तर्गत सुरक्षा समितिले होर्मुज जलडमरूमध्य व्यवस्थापनसम्बन्धी योजना स्वीकृत गरेको छ।

इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङका अनुसार उक्त योजनाअन्तर्गत जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क (टोल) उठाइनेछ। साथै, अमेरिकी र इजरायली जहाजहरूको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाउने प्रावधान समेत समावेश गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट