इरानी आक्रमणको असर खाडीभरि: बहराइनको तेल ट्यांक नष्ट, कुवेतका ऊर्जा केन्द्र ध्वस्त
बहराइनको बाप्को इनर्जीले आइतबार भएको इरानी आक्रमणपछि आफ्नो एक भण्डारण ट्यांकमा आगलागी भएको जनाएको छ।
कम्पनीका अनुसार उक्त आक्रमणमा कुनै मानवीय क्षति नभएको र आगो नियन्त्रणमा ल्याइसकिएको छ। हाल क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको बताइएको छ। बाप्को इनर्जी बहराइनको प्रमुख तथा सबैभन्दा ठूलो तेल कम्पनीमध्ये एक हो।
यसैबीच, कुवेत सरकारले इरानी ड्रोन आक्रमणका कारण आफ्ना दुई विद्युत् उत्पादन केन्द्र र एउटा समुद्री पानी प्रशोधन (डिसेलिनेशन) केन्द्रमा क्षति पुगेको जानकारी दिएको छ।
यसअघि पनि भएका आक्रमणहरूमा कुवेतको एक सरकारी कार्यालय परिसरमा ठूलो क्षति पुगेको थियो भने पेट्रोलियम मन्त्रालयमा आगलागी भएको जनाइएको छ।
खाडी क्षेत्रमा बढ्दो तनावका कारण ऊर्जा पूर्वाधारहरू लक्ष्य बनाइँदै जाँदा क्षेत्रीय सुरक्षाबारे चिन्ता थप बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस