Techie IT
२०८३ असोज ११, आइतबार

१६८ बालबालिकाको सम्झनामा इस्लामाबाद पुग्यो ‘मिनाब १६८’ उडान


अमेरिकासँग वार्ताका लागि इरानी प्रतिनिधिमण्डललाई बोकेको विमान पाकिस्तानको इस्लामाबाद पुगेको छ। उक्त विमानलाई ‘मिनाब १६८’ नाम दिइएको छ।

यो नाम केही दिनअघि इरानमा छात्राहरूको विद्यालयमा भएको आक्रमणको सम्झनामा राखिएको हो। सो घटनामा ज्यान गुमाएका १६८ जनाको सम्मानस्वरूप उडानको नामकरण गरिएको बताइएको छ, जसमा अधिकांश बालबालिका थिए।

इरानी अधिकारीहरूका अनुसार फेब्रुअरी २८ मा भएको मिसाइल आक्रमणमा इरानको मिनाब सहरस्थित छात्राहरूको प्राथमिक विद्यालय पूर्ण रूपमा ध्वस्त भएको थियो, जसका कारण ठूलो जनधनको क्षति भएको थियो।

अमेरिकी अनुसन्धानकर्ताहरूले उक्त विद्यालय अनजानमै निशाना परेको हुन सक्ने अनुमान गरेका छन्। अमेरिकाका रक्षा मन्त्री पिट हेगसेथले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

पाकिस्तानमा अवतरणपछि इरानी संसदका अध्यक्ष मोहम्मद बाकर गालिबाफले सामाजिक सञ्जाल ‘एक्स’ मा एक भावनात्मक तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरमा विमानका सिटहरूमा चार जना बालबालिकाका तस्वीर राखिएको देखिन्छ, जससँग स्कूल ब्याग र फूल पनि राखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट