Techie IT
२०८२ चैत्र २८, शनिबार

तेल खरिदकर्तालाई ट्रम्पको निम्तो - अमेरिकासँग संसारकै उत्कृष्ट र धेरै तेल छ हातेमालो गरौँ


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग विश्वकै सबैभन्दा धेरै र उच्च गुणस्तरको तेल भण्डार रहेको दाबी गर्दै विश्वभरका खरिदकर्ताहरूलाई तेल किन्न निम्तो दिएका छन्।

आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत एक सन्देश जारी गर्दै ट्रम्पले विश्वका दुई ठूला तेल उत्पादक राष्ट्रहरूको संयुक्त भण्डारभन्दा पनि बढी तेल अमेरिकासँग एक्लै रहेको जिकिर गरेका हुन्। उनले ठूलो संख्यामा खाली तेल ट्याङ्करहरू अमेरिकातर्फ आइरहेको जानकारी दिँदै ग्राहकहरूलाई 'छिटो आउन' (Get here fast) आग्रह समेत गरेका छन्। ट्रम्पले अमेरिकी तेललाई विश्वकै सबैभन्दा 'स्वच्छ' (Sweet) र उत्कृष्ट गुणस्तरको संज्ञा दिएका छन्।

ट्रम्पको यो अभिव्यक्ति यस्तो समयमा आएको छ, जब मध्यपूर्वमा इजरायल र इरानबीचको तनावका कारण विश्व बजारमा तेलको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। केही समयअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १११ अमेरिकी डलर नाघेको थियो।

तर, पछिल्लो समय अमेरिका र इरानबीच दुई साताका लागि ससर्त युद्धविरामको सम्झौता भएपछि तेलको मूल्यमा करिब १५ प्रतिशत गिरावट आएको छ।

यसअघि रणनीतिक रूपमा महत्त्वपूर्ण 'होर्मुज स्ट्रेट' बन्द हुँदा विश्वभर पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्य ह्वात्तै बढेको थियो। हालको युद्धविरामले बजारमा केही राहत दिए पनि कच्चा तेलको मूल्य अझै पनि युद्ध सुरु हुनुभन्दा अघिको तुलनामा महँगो नै छ। गत फेब्रुअरी २८ मा संघर्ष सुरु हुनुअघि तेलको मूल्य प्रतिब्यारेल ७० डलर हाराहारीमा रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट