Techie IT
२०८३ वैशाख ४, शुक्रबार

स्ट्रेट अफ होर्मुजमा माइन कसरी हटाउँछ अमेरिकाले ?


अमेरिकाले होर्मुज जलघाँटीमा राखिएका बारूदी सुरुङ (माइन) हटाउने अभियान सुरु गरेको छ। विश्व ऊर्जा आपूर्तिको प्रमुख नाकामा पर्ने यस जलमार्ग सुरक्षित बनाउन अमेरिकाले ड्रोन, विस्फोटकयुक्त रोबोट र हेलिकप्टरजस्ता आधुनिक प्रविधिको प्रयोग गर्ने तयारी गरेको बताइएको छ।

तर, यस्तो संवेदनशील क्षेत्रमा काम गरिरहेका टोलीहरू इरान बाट हुन सक्ने सम्भावित आक्रमणको जोखिममा रहेको विज्ञहरूले चेतावनी दिएका छन्। अमेरिका इरानले जहाज आवागमनमा गरेको अवरोध अन्त्य गर्न जलघाँटी सुरक्षित बनाउने रणनीतिमा छ । फेब्रुअरी अन्त्यतिर संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर परेको छ। त्यसयता होर्मुज क्षेत्रमा तनाव उच्च स्तरमा पुगेको छ।

अमेरिकी सेनाले सप्ताहन्तमा दुई युद्धपोत पठाएर माइन हटाउने अभियान सुरु गरिसकेको जनाएको छ। आगामी दिनहरूमा पानीमुनिका ड्रोनसहित थप सैन्य शक्ति परिचालन गरिने तयारी छ। यद्यपि प्रयोग भइरहेका उपकरणबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

रिपोर्टहरूका अनुसार, इरानले हालै होर्मुज क्षेत्रमा करिब एक दर्जन माइन बिछ्याएको आशंका छ । तर, ती कहाँ राखिएका छन् भन्ने स्पष्ट छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका माइन बिछ्याउने जहाजहरू नष्ट गरिएको दाबी गरेका छन्। तर रक्षा विज्ञहरूका अनुसार इरानले थप माइन राख्ने जोखिम अझै कायम छ।

विशेषज्ञहरूका अनुसार माइन युद्ध सस्तो तर प्रभावकारी हुन्छ।पूर्व बेलायती नौसेना अधिकारी जोन पेन्ट्रेथले माइन भएको आशंकामात्रले पनि व्यापारिक जहाज रोक्न पर्याप्त हुने बताएका छन्।

माइन हटाउन पहिले मानिससहितका जहाज प्रयोग गरेर सोनारमार्फत माइन खोज्ने गरिन्थ्यो। अहिले भने “लिटोरल कम्ब्याट शिप” जस्ता आधुनिक जहाज, अर्ध–स्वचालित ड्रोन र रिमोट–नियन्त्रित रोबोट प्रयोग गरिँदै छन्। यसले सैनिकलाई जोखिमपूर्ण क्षेत्रबाट टाढा राख्न मद्दत गर्छ।अमेरिकासँग हाल मध्यपूर्वमा पानीमुनिका मानवरहित सवारी, परम्परागत माइनस्वीपर जहाज, हेलिकोप्टर र गोताखोरहरूको टोली सक्रिय छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट