Techie IT
२०८३ असोज ११, आइतबार

नेपालमा अमेरिकी सक्रियता प्रति भारतको टाउको दुखाई, के भने मुनीले ?


भारतीय विदेश मामिलाका प्रखर विश्लेषक तथा लाओसका लागि पूर्वराजदूत एसडी मुनीले नेपालमा बढ्दो अमेरिकी चासोप्रति भारतलाई सतर्क रहन आग्रह गरेका छन्। अमेरिकी सहायक विदेशमन्त्री पाउल कपुरको हालैको अभिव्यक्तिलाई उद्धृत गर्दै मुनीले यसका भू-राजनीतिक संकेतहरूतर्फ ध्यान दिनुपर्ने बताएका हुन्।

नेपालमा चीन वा अन्य कुनै पनि तेस्रो मुलुकको दबदबा अमेरिकालाई स्वीकार्य नहुने कपुरको भनाइमा भारतले गम्भीर हुनुपर्ने मुनीको तर्क छ । सन् १९७३ मा प्रकाशित आफ्नो चर्चित पुस्तक 'फरेन पलिसी अफ नेपाल' का लेखक मुनीले विगतको स्मरण गराउँदै भनेका छन्, "शीतयुद्धको सुरुवातमा समेत अमेरिकाले नेपालमा भारतको प्रभाव रोक्न खोजेको थियो।"

नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका 'गुरु' मानिने मुनीको यो विश्लेषणले नेपालमा बढ्दो वैदेशिक शक्तिहरूको खिचातानी र त्यसले भारतको सुरक्षा संवेदनशीलतामा पार्न सक्ने असरलाई उजागर गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट