Techie IT
२०८३ असार ९, मंगलबार

नाकाबन्दी नहट्ने, आक्रमण मात्रै रोकिने ट्रम्पको नयाँ सर्तले इरान थप दबाबमा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको कूटनीतिक प्रयासपछि इरानसँगको युद्धविरामलाई निरन्तरता दिने निर्णय गरेका छन्। यद्यपि, युद्धविराम लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको कडा 'सामुद्रिक नाकाबन्दी' भने यथावत रहने उनले स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले इरानको वर्तमान सरकार गम्भीर रूपमा विभाजित भएको दाबी गरेका छन्। पाकिस्तानका फिल्ड मार्शल असिम मुनिर र प्रधानमन्त्री शहबाज सरिफको विशेष अनुरोधलाई स्वीकार गर्दै आफूले सैन्य आक्रमण रोक्न निर्देशन दिएको उनले उल्लेख गरे। "जबसम्म इरानी नेताहरूले एक एकीकृत र ठोस प्रस्ताव ल्याउन सक्दैनन्, तबसम्मका लागि हाम्रो सैन्य कारबाही स्थगित गरिएको छ," ट्रम्पले भनेका छन्।

युद्धविराम भए पनि अमेरिकी सेनालाई जुनसुकै बेला प्रतिकार गर्न सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। ट्रम्पले लेखेका छन्, "मैले सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले सक्षम एवं तैनाथ रहन भनेको छु। इरानले पेस गर्ने प्रस्तावमाथि छलफल भई कुनै ठोस निष्कर्ष ननिस्किँदासम्म मात्र यो युद्धविराम लागू हुनेछ।"

अमेरिकाको यो कदमले इरानी नेतृत्वमाथि आन्तरिक र बाह्य दुवै दबाब सिर्जना गरेको छ। नाकाबन्दी जारी राखेर आक्रमण मात्रै रोक्ने ट्रम्पको रणनीतिले इरानको अर्थतन्त्रलाई अझै कमजोर बनाउने विश्लेषण गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट