Techie IT
२०८३ असोज १०, शनिबार

कांग्रेसको देउवा समूहद्वारा क्रियाशील सदस्यता विवरण निर्वाचन समितिमा हस्तान्तरण


छुट्टै महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनका लागि तयार पारिएको क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ।

शनिबार महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सदस्यता व्यवस्थापन केन्द्रीय समितिले उक्त विवरण हस्तान्तरण गरेको हो। इतर समूहको सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोख्रेललाई क्रियाशील सदस्यताको विवरण औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण गरिएको विवरणअनुसार कुल नवीकरण तथा नयाँ क्रियाशील सदस्यता संख्या ७ लाख ८३ हजार ८३६ रहेको छ। यसमध्ये ५ लाख ७३ हजार २६९ पुरानो सदस्यता नवीकरण र २ लाख १० हजार ६६७ नयाँ क्रियाशील सदस्यता रहेका छन्। संयोजक पौडेलले शनिबारदेखि नै नयाँ क्रियाशील सदस्यता अनलाइनमार्फत वितरण सुरु गरिने जानकारी दिएका छन्।

देउवा समूहले आगामी असोज १५ गते देशभरका वडाहरूमा वडा अधिवेशन गर्ने तयारी गरेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति गठन गरेर यस समूहले महाधिवेशनका गतिविधिलाई तिब्रता दिइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट