Techie IT
२०८३ वैशाख २३, बुधबार

टेक्सासमा गोलीकाण्डः २ जनाको मृत्यु, ३ जना घाइते


अमेरिकाको टेक्सास राज्यस्थित डलासको उत्तरतर्फ रहेको एक सपिङ सेन्टर नजिकै भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

अमेरिकी प्रहरीका अनुसार एक व्यक्तिले सपिङ सेन्टर क्षेत्रमा पाँच जनामाथि अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना भएको हो। घटनामा दुई जनाको ज्यान गएको पुष्टि गरिएको छ।

प्रहरीले घटनालाई योजनाबद्ध आक्रमणका रूपमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार पीडितहरू र आक्रमणकारीबीच आपसी चिनजान रहेको बताइएको छ। घटनामा संलग्न संदिग्धलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने थप अनुसन्धान जारी रहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट