Techie IT
२०८३ वैशाख ३०, बुधबार

अमेरिकी युद्धपोतमाथि इरानी हमला विफल भएको ट्रम्पको दावि


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज (Strait of Hormuz) मा भएको इरानी आक्रमणलाई अमेरिकी सेनाले निस्तेज पारेको दाबी गरेका छन्। बिहीबार सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत जानकारी दिँदै उनले तीनवटा अमेरिकी नौसैनिक 'डेस्ट्रोयर' युद्धपोतहरू पूर्ण रूपमा सुरक्षित रहेको र आफ्नो यात्रा सफलतापूर्वक पूरा गरेको बताएका हुन्।

के भएको थियो घटना?
सैन्य स्रोतका अनुसार, रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा इरानी पक्षले अमेरिकी युद्धपोतहरूलाई लक्षित गरी मिसाइल, ड्रोन र साना जहाजहरूबाट आक्रमणको प्रयास गरेको थियो। तर, अमेरिकी रक्षा प्रणालीले उक्त आक्रमणलाई बीचमै विफल तुल्याउँदै कडा प्रतिकारात्मक कारबाही गरेको थियो।

राष्ट्रपति ट्रम्पले अमेरिकी जहाजहरूमा कुनै क्षति नपुगेको स्पष्ट पार्दै आक्रमणकारी इरानी पक्षलाई भने 'उल्लेखनीय क्षति' पुगेको दाबी गरेका छन् । इरानलाई कडा चेतावनी दिँदै उनले लेखेका छन्- "हाम्रा युद्धपोतहरू विश्वस्तरीय छन्। भविष्यमा यस्ता गतिविधि दोहोरिए अझ कडा र प्रभावकारी प्रतिक्रिया दिइनेछ। इरानले अब ढिला नगरी कूटनीतिक सम्झौताको बाटो रोज्नुपर्छ, अन्यथा थप कठोर कदम चालिनेछ।"

विश्वको कुल तेल आपूर्तिको ठूलो हिस्सा ओगट्ने हर्मुज जलडमरूमध्यमा देखिएको यो पछिल्लो मुठभेडले अन्तर्राष्ट्रिय सुरक्षा र ऊर्जा आपूर्तिमा पुनः चिन्ता थपिदिएको छ। 

अमेरिकी अधिकारीहरूले आफ्नो सेना आत्मरक्षाका लागि पूर्ण सक्षम रहेको तर परिस्थितिलाई थप युद्धतर्फ धकेल्न नचाहेको बताएका छन्। यद्यपि, ट्रम्पको पछिल्लो आक्रामक अभिव्यक्तिले मध्यपूर्वको राजनीतिमा नयाँ हलचल ल्याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट