Techie IT
२०८३ जेष्ठ २१, बिहीबार

२ करोड ८० लाख पुग्यो अष्ट्रेलियाको जनसङ्ख्या


अष्ट्रेलियाको जनसङ्ख्या २ करोड ८० लाख पुगेको त्यहाँको राष्ट्रिय तथ्याङ्क निकायले जनाएको छ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनसङ्ख्या वृद्धि दरको आधारमा अष्ट्रेलियाको जनसङ्ख्या २ करोड ८० लाख पुगेको अनुमान गरिएको हो।

एबीएसका अनुसार सन् २०२४ मा अष्ट्रेलियाको जनसङ्ख्या २ करोड ७० लाख नाघेको थियो। त्यसको करिब दुई वर्षपछि जनसङ्ख्या २ करोड ८० लाख पुगेको हो।

तथ्याङ्कअनुसार अष्ट्रेलियामा औसतमा प्रत्येक ५९ सेकेन्डमा एक जना विदेशी नागरिक प्रवेश गर्छन्। त्यस्तै, हरेक २ मिनेट १६ सेकेन्डमा एक शिशुको जन्म हुने गरेको छ।

यस्तै, प्रत्येक ३ मिनेट ३३ सेकेन्डमा एक जनाको मृत्यु हुने तथा हरेक २ मिनेट ३५ सेकेन्डमा एक जना बासिन्दा अष्ट्रेलिया छोडेर विदेश बसाइँ सर्ने अनुमान गरिएको एबीएसले जनाएको छ। एबीएसले हालको वृद्धि दर कायम रहे सन् २०३१ सम्म अष्ट्रेलियाको जनसङ्ख्या ३ करोड पुग्ने प्रक्षेपण गरेको छ।

यसैबीच, एबीएसले सन् २०२१ यता पहिलो राष्ट्रिय जनगणना आगामी अगस्ट महिनामा सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट