Techie IT
२०८३ असोज १०, शनिबार

सोसल मिडियाबाट जन्मिएको 'कक्रोच जनता पार्टी'ले हल्लायो दिल्ली


Ai Generated Image

भारतमा यतिबेला भर्चुअल माध्यमबाट जन्मिएको 'कक्रोच जनता पार्टी' (सीजेपी) को राजनीतिक सरगर्मी र सक्रियता तीव्र रूपमा बढेको छ। सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) लाई सामाजिक सञ्जालमार्फत कडा टक्कर दिइरहेको सीजेपीले आज नयाँ दिल्लीको ऐतिहासिक जन्तरमन्तरमा बिशाल विरोध प्रदर्शन गर्दैछ।

नीट (NEET) लगायतका परीक्षामा भएको भनिएको व्यापक अनियमितताको आरोप लगाउँदै सीजेपीले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेर यो आन्दोलनको घोषणा गरेको हो। यस शान्तिपूर्ण विरोध प्रदर्शनमा लद्दाखका प्रख्यात वातावरणविद् एवं अभियन्ता सोनम वाङचुकले समेत ऐक्यबद्धता जनाउँदै सहभागिता जनाउने भएका छन्।

कक्रोच जनता पार्टीको इन्स्टाग्राम खातामा मात्रै २ करोड २० लाखभन्दा बढी फलोअर्स छन्। यो सङ्ख्या सत्तारुढ भाजपाको भन्दा ९० लाख र प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसको भन्दा १ करोड ३० लाखले बढी हो। यही डिजिटल शक्तिका कारण भाजपा नेतृत्वको सरकार दबाबमा परेको छ।

भारतको सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्तले एक प्रसङ्गमा बेरोजगार युवाहरूलाई 'कक्रोच' (साङ्लो) सँग तुलना गरेपछि त्यसको प्रतिकात्मक विरोधस्वरूप अभिजितले सामाजिक सञ्जालमा यो अभियान सुरु गरेका थिए। युवाहरूको चित्त दुखाइ र आक्रोशलाई समेटेर बनाइएको यस 'कक्रोच जनता पार्टी' तर्फ भारतीय युवाहरूको अनपेक्षित आकर्षण बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट