Techie IT
२०८३ भाद्र १०, बुधबार

Elon Musk

१४ दिनमै मस्कको ट्रिलियनेयर हैसियत समाप्त


विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ‘ट्रिलियनेयर’ (१० खर्ब डलरभन्दा बढी सम्पत्ति भएका व्यक्ति) को ऐतिहासिक हैसियत गुमाएका छन्। उनको अन्तरिक्ष कम्पनी स्पेस–एक्स र विद्युतीय सवारी निर्माता टेस्लाको शेयर मूल्यमा आएको तीव्र गिरावटसँगै मस्कको सम्पत्तिमा ठूलो कमी आएको हो।

ब्लुमबर्ग अर्बपति सूचकांकका अनुसार मस्कको कुल सम्पत्ति घटेर ९५७ अर्ब अमेरिकी डलरमा पुगेको छ। करिब दुई साताअघि मात्रै स्पेस–एक्सको सफल शेयर सूचीकरणपछि उनको सम्पत्ति १.११ ट्रिलियन डलर (११ खर्ब १० अर्ब डलर) पुगेको थियो। त्यससँगै उनी विश्वकै पहिलो ‘ट्रिलियनेयर’ बनेका थिए। तर, उक्त उपलब्धि हासिल गरेको १४ दिन नबित्दै उनले यो ऐतिहासिक उपाधि गुमाएका छन्।

मस्कको सम्पत्तिमा आएको गिरावटको प्रमुख कारण विश्वव्यापी प्रविधि बजारमा देखिएको दबाब मानिएको छ। विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रको दीर्घकालीन नाफामाथि लगानीकर्ताहरूले शंका व्यक्त गर्न थालेपछि प्रविधि क्षेत्रका प्रमुख कम्पनीहरूको शेयर मूल्य ओरालो लागेको बीबीसीले जनाएको छ।

यसको प्रभाव एनभिडिया, इन्टेल र एएमडीजस्ता ठूला प्रविधि कम्पनीहरूमात्र होइन, मस्कका कम्पनीहरूमा पनि परेको छ। परिणामस्वरूप स्पेस–एक्स र टेस्लाको बजार मूल्यमा उल्लेख्य गिरावट आएको छ।

स्पेस - एक्सको शेयर मूल्य जुन १६ मा प्रतिशेयर २२५.६४ डलर को उच्च विन्दुमा पुगेको थियो। तर हाल यो मूल्य करिब ३० प्रतिशतले घटेर १५६ डलर हाराहारीमा कारोबार भइरहेको छ।

यद्यपि ‘ट्रिलियनेयर’ क्लबबाट बाहिरिए पनि एलन मस्क भने अझै विश्वकै सबैभन्दा धनी व्यक्तिका रूपमा कायम रहेका छन्। उनको सम्पत्ति अन्य अर्बपतिहरूको तुलनामा अझै धेरै रहेकाले शीर्ष स्थानमा कुनै असर परेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट