Techie IT
२०८२ वैशाख २१, आइतबार

पाकिस्तानको समुद्री क्षेत्र संरक्षणमा दीर्घकालीन योजना सार्वजनिक


पाकिस्तान सरकारले समुद्री क्षेत्रको दीर्घकालीन विकास र जलवायु परिवर्तनको असर घटाउन समुद्री वातावरणको संरक्षण र प्रवद्र्धन गर्ने योजना अघि सारेको छ ।

पाकिस्तानका जल यातायात मामिलाका मन्त्री मुहम्मद जुनैद अनवर चौधरीले आइतबार एक कार्यक्रममा बोल्दै भने, “समुद्री प्राकृतिक क्षेत्रहरूलाई जोगाउन र पुनःस्थापना गर्न आवश्यक रहेको छ । यस्ता प्रयासहरू पाकिस्तानको वातावरण नीति र समुद्री क्षेत्रको दीगो योजनासँग जोडिएको छ ।”

उनका अनुसार तटीय क्षेत्रमा अनियन्त्रित निर्माण, प्रदूषण, अत्यधिक माछा मार्ने कार्य, वातावरणीय परिवर्तन र असन्तुलित जमिन प्रयोगले समुद्री जीवन र वातावरणलाई असर गरिरहेको छ ।

“यी समस्याले प्राकृतिक सन्तुलन बिगार्छन् र समुद्री जीवजन्तुहरूलाई सङ्कटमा पार्छन्,” उहाँले थप्नुभयो। उनले संरक्षण र आर्थिक विकास सँगसँगै अघि बढ्न समुदायको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गरेका छन् ।

“हामी तटीय क्षेत्रका बासिन्दा र स्थानीय माछा मार्नेहरूसँग मिलेर काम गरिरहेका छौं,” उनले भने, “यसले समुदायलाई सशक्त बनाउने र दीर्घकालीन दिगोपन सुनिश्चित गर्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट