Techie IT
२०८३ जेष्ठ ११, सोमबार

माल्दिभ्समा एक लाख ५० हजार प्रवासीको बायोमेट्रिक दर्ता पूरा


माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले एक लाख ५० हजार आप्रवासीले बायोमेट्रिक दर्ता पूरा गरेको घोषणा गरेका छन् ।

सन् २०२४ को मे महिनामा सुरु गरिएको यो पहलको उद्देश्य माल्दिभ्समा गैरकानुनी कामदारको समस्या समाधान गर्नु रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आफ्नो सन्देशमा राष्ट्रपति मुइज्जुले आप्रवासी कामदारहरू देशको श्रम शक्तिको बहुमत रहेको उल्लेख गर्दै उनीहरूको परिस्थिति र काम गर्ने अवस्थालाई बुझ्नुको महत्त्वमा जोड दिएका छन् ।

उनले भने, “एक व्यापक बायोमेट्रिक पहिचान प्रणाली स्थापना कागजातविहीन कामदारहरूको लामो समयदेखिको चुनौतीहरूलाई सम्बोधन गर्न एक महत्वपूर्ण कदम हो, र यो प्रवासीहरूको कर्तब्य र अधिकारलाई नियमन र संरक्षण गर्ने सरकारको प्रयासमा एक महत्वपूर्ण कोसेढुङ्गा हो।”

माल्दिभ्स सरकारले सन् २०२७ को अप्रिलसम्म माल्दिभ्समा अवैध आप्रवासीको समस्याको स्थायी समाधान निकाल्ने लक्ष्य राखेको छ र करिब सात हजार अवैध आप्रवासीले देश छोडेको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट