Techie IT
२०८२ भाद्र २५, बुधबार

अमेरिकी आक्रमणबाट इरानका तीनवटै आणविक स्थल पूर्णरूपमा ध्वस्त - ट्रम्प


अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी बमबारीका कारण इरानका प्रमुख तीन आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेका छन् । आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले “तीनवटै आणविक स्थलहरू पूर्णरुपमा नष्ट गरिएको” पुनः दोहोर्‍याएका हुन्।

“उनीहरूलाई पुनः सञ्चालनमा ल्याउन वर्षौं लाग्नेछ,” ट्रम्पले लेखेका छन्, “र यदि इरानले पुनः सुरु गर्न चाहेमा, उनीहरूले नयाँ स्थानबाट नयाँ तरिकाले सुरु गर्नु राम्रो हुनेछ।”

गत जुन २२ मा अमेरिकी हवाई आक्रमणबाट इरानको विवादास्पद आणविक कार्यक्रम सञ्चालन भइरहेका तीन प्रमुख केन्द्र — फोर्डो (तेहरानको दक्षिण), इस्फाहान, र नातान्जमा व्यापक क्षति पुगेको थियो। यी आक्रमणहरू, इजरायलको समन्वयमा गरिएको भनिएको अभियानको हिस्सा थिए, जसलाई वासिङ्टनले ‘नकआउट स्ट्राइक’ को रूपमा व्याख्या गरेको छ।

इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्णतः असैनिक रहेको दाबी गर्दै आएको छ। ट्रम्पको पूर्ण सफलता दाबीका बाबजुद अमेरिकी केही सञ्चार माध्यमले भने फरक तथ्य पेश गरेका छन् । एनबीसी न्यूजले गुप्तचर स्रोतहरूको हवाला दिँदै तीनमध्ये केवल एक स्थल मात्र पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ । अन्य दुई स्थलमा भने क्षति मर्मत योग्य रहेको र केही महिनाभित्र पुनः युरेनियम संवर्द्धन प्रक्रिया सुरु गर्न सकिने उल्लेख गरिएको छ ।

एनबीसीको रिपोर्ट अनुसार पेन्टागनले लामो अवधिको बमबारी अभियानको सिफारिस गरेको भए पनि राष्ट्रपति ट्रम्पले थप द्वन्द्वको सम्भावनालाई ध्यानमा राख्दै त्यसलाई अस्वीकार गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट