त्रिशुल जात्रा

पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार ऐेतिहासिक त्रिशुल जात्रा गरिँदै । नेपाल भाषामा (मचाति जात्रा) भनिने याे जात्रा पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा राखिएकाे विशेष प्रकारकाे रथमा कुमार गणेश रूपी बालकलाई त्रिशुलले छेड्न गरेर रथमा राखेर भक्तजनबाट रथ बाेकेर परिक्रमा गरिन्छ । जयबागेश्वरकाे खटमामा एक कुमार र दुई कुमारी रहन्छ । तस्बिर : रत्न श्रेष्ठ/रासस
तपाईको प्रतिक्रिया दिनुहोस