यो साताको राशिफल हेर्नुहोस्
आज वि.सं.२०८२ साल मंसिर २१ गते । आइतबार । इस्वी सन् २०२५ डिसेम्बर ७ तारिख । नेपाल संवत् ११४६ । काठमाडौमा सूर्योदय बिहान ६ बजेर ४३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । रैवारप्रेसका लागि ज्योतिष पण्डित कुश राज उपाध्यायले यो साताको लागि तयार पारिएको राशिफल हेर्नुहोस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा विश्वास पात्रहरूबाट सहयोग पाइनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। साताको मध्यमा इच्छाशक्ति बढ्नुका साथै कीर्तिमान कार्य गर्ने समय रहेको छ। स्वास्थ्यमा ध्यान दिनुहोला। साताको अन्तिममा प्रेम र मित्रताको बन्धन कसिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र सेतो हो भने शुभ अंक २ र ६ रहेको छ।
वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सानो प्रयासले पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। मेहनतकाे राम्रो प्रतिफल प्राप्त हुनेछ। मंगलवार र बुधवार सरसापटमा धन बाहिरिन सक्छ। यात्रा खर्चिलाे रहनेछ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। लगानीका रूपमा रकम खर्च भए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा देश–विदेशकाे यात्रा गर्ने साइत पनि जुर्न सक्छ। सप्ताहान्तमा आफन्त र साथीभाइसँग रमाइलाे भेटघाट हुनेछ। आँटेको काम बन्नेछ र पेसा–व्यवसायमा मनग्य धन आर्जन हुनेछ, मेहनत गर्नुहाेला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
समय लागे पनि मेहनतले काम बन्नेछ। धेरैको विश्वास जित्न सकिनेछ। विशिष्ट व्यक्तिहरू समेत नजिकिनेछन्। बुधवारसम्म पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ। नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। बिहीवार र शुक्रवार भने आफ्नो लाभांश अरूले हत्याउने चेष्टा गर्नेछन्। परिस्थितिवश आफन्तकाे सम्पर्कबाट टाढिन मन लाग्नेछ। अवसरका लागि दौडधुप गर्नुपरे पनि सप्ताहान्तमा स्थिति अनुकूल हुनेछ। मेहनतको प्रतिफल प्राप्त हुनुका साथै साथीभाइसँग रमाइलाे भेट हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिवश काम बिग्रने चिन्ताले सताउन सक्छ। जिम्मेवारी बढ्नेछ भने अरूका लागि समय खर्च हुनेछ। तापनि आध्यात्मिक ज्ञान तथा चिन्तनले मन उत्साहित हुनेछ। नयाँ साेचका साथ नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यावसायिक कामले उचाइ लिनेछ। विशिष्ट व्यक्तिहरूको प्रेरणा र सहयाेग पनि प्राप्त हुनेछ। तर अनुभवकाे जगमा नयाँ काम थाल्नु बुद्धिमानी हुनेछ। आयस्राेत सबल देखिए पनि बिहीवारदेखि नजानिदाे खर्च बढ्न सक्छ। उठ्नुपर्ने रकम हातलागी हुनेछ तर उठेकाे अरूका हातमा जानाले समस्या पर्न सक्छ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भ खर्चिलो र संघर्षमय रहनेछ। स्वास्थ्य पनि कमजोर रहने समय छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काम बिग्रने डरले सताउन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आए पनि पेसा–व्यवसायमा ठूलाे उपलब्धि नहुन सक्छ। बाेली–व्यवहारमा संयम हुन आवश्यक छ। आल्नैबाट काममा अवराेध र उल्झन आउन सक्छ। आसलाग्दा व्यक्तिहरूबाट पनि चित्तबुझ्दाे सहयाेग नपाइएला। साथीभाइकाे भर नपर्नुहोला। आश्वासान सबैले दिनेछन् तर व्यवहारमा स्वयं जुटेपछि मात्र काम बन्नेछ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
साताको प्रारम्भ रमाइलो रहनेछ। प्रियजनका साथमा रमाइलाे यात्राको साइत जुर्न सक्छ। स्वादिष्ट खानपान र आतिथ्यपूर्ण सम्मान पाइनेछ। मिहिनेत परे पनि चिताएको काम बन्नेछ। मंगलवार र बुधवार भने अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ र दायित्व थपिनेछ तर अर्थ अभावले चिताएकाे काम गर्न बाधा पर्नेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनुका साथै समयले साथ दिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ र दिगो काम थालनी हुनाले भविष्यप्रति आशा बढ्नेछ, मिहिनेत गर्नुहाेला।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
बीचमा केही अवराेध आए पनि साता उपलब्धिमूलक रहनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने काम बन्नाले आम्दानी बढ्नेछ। प्रयत्न गर्दा दिगो व्यवसाय प्रारम्भ हुनेछ। लामो तथा रमाइलो यात्राको प्रक्रिया अघि बढ्नेछ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अवसरले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा मान-सम्मान प्राप्त हुनेछ। तर बिहीवार र शुक्रवार स्वास्थ्यबाधा, काममा अवरोध र विविध झमेला आइपर्ने सम्भावना छ।
वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउने हुँदा यो साता काम रोकिन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने विभिन्न अवसर प्राप्त हुनेछन्। व्यवसायमा प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। देश–विदेशसम्मै रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त समय पर्खनुहोला। उपहारका लागि हुने फजुल खर्चबाट सजग रहनुहोला ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुरुमा अस्वस्थता र घरेलु समस्याले काममा बाधा हुन सक्छ। आफ्ना कमजोरी बाहिरिनाले अवसरवादीहरू जुर्मुराउनेछन्। तापनि मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा रुचि बढ्नुका साथै जेहेन्दार विद्यार्थीहरूको सपना पूरा हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। व्यवसायतर्फ प्रतिस्पर्धीहरू कमजाेर हुनेछन्। रचनात्मक काममा प्रवृत्त भइनेछ। व्यापारमा विशेष फाइदा हुनेछ। व्यवसायले यात्राकाे साइत जुराउन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यो साता राम्राे अवसर जुट्नाले ठूलै काममा प्रवृत्त भइनेछ। हिम्मतले दिगो फाइदा दिलाउन सक्छ। मंगलवार र बुधवार भने केही पारिवारिक उल्झन देखापर्नेछन्। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्ना कमजाेरीमा अवसर खाेज्नेहरूबाट सजग रहनुपर्ला। तापनि मिहिनेतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र सावधानीले जाेखिम समेत टर्नेछ। बिहीवारदेखि शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले परिस्थिति अनुकूल बन्नेछ। तारिफयाेग्य कामले मानसम्मान दिलाउनेछ। अध्ययनमा जुट्नेहरूलाई राम्राे प्रगति हुनेछ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
साता सुरुकाे अनुमानभन्दा फलदायी रहनेछ। साथीभाइकाे साथ–सहयाेग जुट्नाले धेरै काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। परिस्थितिमा सुधार आउनेछ भने हिम्मतले काम लिन सकिनेछ। मेहनतले आम्दानीको दिगो स्रोत जुटाउने समय छ। प्रतिभाकाे उचित मूल्यांकन हुनेछ। व्यापार र उद्योगमा राम्रै फाइदा हुनेछ। व्यवसायिक यात्राकाे साइत जुर्न सक्छ। अग्रजहरूकाे सहयाेगले पहिलेका कमजाेरी सुधार्ने अवसर प्राप्त हुनेछ। बिहीवार र शुक्रवार भने स्वास्थ्य कमजाेर बन्नेछ र काम राेकिने डरले सताउनेछ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यो सातामा रमाइलाे भेटघाट हुनेछ। बोली र व्यवहारले धेरैलाई प्राभावित पार्न सकिनेछ। कामको प्रभावले विशेष अवसर दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ र लेखन कलामा पनि निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। सहयाेगीहरूले साथ दिने हुँदा नयाँ कामतर्फ आकर्षित भइनेछ। बुद्धिको उपयोगले सफलता प्राप्त हुनेछ। सप्ताहान्तमा पारिवारिक माहाेल अनुकूल नहुनाले काममा समेत बाधा पर्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला ।




तपाईको प्रतिक्रिया दिनुहोस