सरकारले एक रुपैयाँको नयाँ सिक्काको डिजाइन परिमार्जन गर्दै नेपालको नयाँ राजनीतिक (चुच्चे) नक्सा र आकाश भैरवको आकृति समावेश गर्ने भएको छ। मुस्ताङको ऐतिहासिक लो–घेकर (घार) गुम्बाको तस्बिर राख्ने अघिल्लो निर्णय चौतर्फी विवाद र आलोचनामा परेपछि सरकारले उक्त निर्णय सच्याउँदै नयाँ डिजाइन तयार पारेको हो।अर...