अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र लेक लागेर (हाई अल्टिच्युड/अल्टिच्युड सिकनेस) एकै वर्षमा २५ जना पदयात्री तथा पर्यटकको मृत्यु भएको छ। एक्याप कार्यालय पोखराका अनुसार सोही अवधिमा दुर्घटनामा परी थप ५ जनाको ज्यान गएको छ।सबैभन्दा बढी मुस्ताङमा १५ जनाको लेक लागेर मृत्यु भएको छ। जसमा मुक्तिना...