राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बैठक आगामी बुधबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।बैठकमा हालै सम्पन्न पार्टीको महाधिवेशनको समग्र समीक्षा गर्नुका साथै आवश्यक कार्यविधिहरूको तर्जुम�...