Techie IT
२०८३ असोज ७, बुधबार

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बैठक आगामी बुधबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा हालै सम्पन्न पार्टीको महाधिवेशनको समग्र समीक्षा गर्नुका साथै आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जनका विषयमा विस्तृत छलफल हुनेछ।

यस्तै, बैठकमा साङ्गठनिक व्यवस्थापन, विभिन्न पदहरूमा मनोनयन तथा आगामी दिनमा सञ्चालन गरिने सांगठनिक अभियान र कार्यक्रमहरूबारे आवश्यक निर्णय लिइने महामन्त्री आचार्यले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट