नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेनको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैलीलाई नियन्त्रण गर्दै लोकतन्त्रलाई ट्र्याकमा ल्याउन राष्ट्रपतिसँग समेत छलफल गरिने बताएका छन्।प्रेस चौतारी मोरङले आज शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले प्रधानमन�...