Techie IT
२०८३ भाद्र ६, शनिबार

बाहिरी दबाब र सामाजिक सञ्जालको भरमा पार्टी नेतृत्व फेरबदेल हुँदैन: महासचिव पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेनको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैलीलाई नियन्त्रण गर्दै लोकतन्त्रलाई ट्र्याकमा ल्याउन राष्ट्रपतिसँग समेत छलफल गरिने बताएका छन्।

प्रेस चौतारी मोरङले आज शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्रीले संसदीय लोकतन्त्रका आधारभूत मूल्य–मान्यताको उपेक्षा गरेको र संसद्प्रति जवाफदेही बन्न नचाहेको गम्भीर आरोप लगाए। उनले लोकतन्त्र तथा संविधानको रक्षाका लागि संसद्को भित्र र बाहिर रहेका संविधान निर्माता दलहरूसँग सहकार्यको प्रयास भइरहेको पनि जानकारी दिए।

पार्टीको आन्तरिक विषयमा बोल्दै महासचिव पोखरेलले एमाले अहिले पार्टीलाई सुदृढ बनाउँदै पुनर्संरचना र पुनर्गठनको अभियानमा जुटेको स्पष्ट पारेका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने कुनै पनि पक्षमा आफूहरू नरहेको उनको भनाइ थियो।

संस्थागत प्रक्रियालाई बेवास्ता गरेर नेतृत्व परिवर्तन गर्न नहुने बताउँदै उनले सामाजिक सञ्जालका बहस, सार्वजनिक टीकाटिप्पणी वा बाहिरी दबाबका भरमा नेतृत्व नबदलिने बताएका छन् । पार्टीको नेतृत्व परिवर्तन र आगामी महाधिवेशन गर्ने वा नगर्ने भन्ने विषयको सम्पूर्ण अधिकार केन्द्रीय कमिटीमै निहित रहेको उनले बताए।

पार्टीभित्र रूपान्तरण अनिवार्य भइसकेको स्वीकार गर्दै महासचिव पोखरेलले जनतासँग कमजोर बन्दै गएको सम्बन्धलाई सुदृढ गर्न र कार्यकर्ताहरूको गिरेको मनोबल उकास्न गम्भीर छलफल भइरहेको बताए। यसका लागि विशेष कार्यदल गठन गरिएको र सोही कार्यदलको प्रतिवेदनका आधारमा पार्टीका समस्याहरू समाधान गरिने उनको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट