Techie IT
२०८३ असोज ७, बुधबार

अटो खोलामा खस्दा तीन जना बेपत्ता


दार्चुलामा अटो खोलामा खस्दा तीन जना बेपत्ता भएका छन्।

नौगाड गाउँपालिका–५ सौँकेबजार नजिक गोकुलेश्वर–होपरी भित्री सडकखण्डमा सोमबार दिउँसो दुर्घटना भएको हो। होपरीबाट मसीने बगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटो अनियन्त्रित भई सडकबाट झण्डै ५० मिटर तल खोलामा खसेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए।

अटोमा चालकसहित पाँच जना सवार थिए। तीमध्ये तीन जना बेपत्ता छन् भने उनीहरूको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा १६ वर्षीय आयुश भुल घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेकाले गोकुलेश्वर बजारमा उपचार भइरहेको छ।

घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रशासनले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट