Techie IT
२०८२ मंसिर १५, सोमबार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


आज सिराहा र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

सिराहा, बिष्णुपुर गाउँपालिका–१ हरिनगरास्थित सडकमा म.प्र.०१–००४ प ७८४८ नम्बरको मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा साइकल चालक, बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका ७० वर्षीय सत्य नारायण ठाकुर घाइते भएका थिए। गम्भीर घाइते ठाकुरको उपचारका क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको प्रहरीले जनाएको छ।

सो दुर्घटनामा मोटरसाइकलमा सवार एक व्यक्ति घाइते भएका छन् र उनको आर्य न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित सडकमा प्रदेश २–०१–००१ प १७०८ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ४२ वर्षीय दिप्रेन्द्र पासवान आइतबार राति घाइते भएका थिए। गम्भीर घाइते पासवानको उपचारका क्रममा छिन्नमस्ता अस्पताल राजविराजमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट