आज सवारी दुर्घटनामा तीन जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ भानुभक्त चोकस्थित सडकमा भे.११ प ९८२ नम्बरको स्कुटर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१९ लग्दहवाका २८ वर्षीय अभी सापकोटा र उपमहानगरपालिका–४ गणेशपुरका 28 वर्षीय मोहन सोनी रहेका छन्। गम्भीर घाइते भएका दुवै जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ भ्यू टावर नजिक लु.९६ प ३९५८ नम्बरको स्कुटर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक २८ वर्षीय रामबहादुर गाहाको मृत्यु भएको छ। मोतीगंज बस्ने गाहा गम्भीर घाइते अवस्थामा लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएका थिए, तर उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस