Techie IT
२०८३ असार ४, बिहीबार

धादिङमा सात सवारी ठोक्किँदा २७ जना घाइते, राजमार्ग अवरुद्ध


धादिङको धुनीवेशी नगरपालिका–६ चालिसेमा शनिबार अपराह्न सवा ४ बजे पृथ्वी राजमार्गमा सात वटा सवारी साधन एकआपसमा ठोक्किएका छन्। 

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश दाहालका अनुसार काठमाडौंबाट गजुरीीतर्फ जाँदै गरेको एनएल ०१ एबी ४६५४ नम्बरको डिब्बा कन्टेनरको ब्रेक फेल भएपछि यसले स्कुल बस, तीन वटा बस, एक ट्रक र एउटा मोटरसाइकललाई ठक्कर दिएको हो। 

दुर्घटनामा २७ जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। 

सवारी साधनहरू सडकमै रहेकाले राजमार्गको दुवै लेन अवरुद्ध भएको र ट्राफिक सञ्चालनमा कठिनाइ भएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट