वीरगंजमा फोरक्लिप–मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
वीरगंजस्थित परवानीपुर बाइपासमा शुक्रबार राति करिब ९ बजे फोरक्लिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक युवकको ज्यान गएको छ।
प्रदेश २–०३–०२३ प ७१ नम्बरको पल्सर मोटरसाइकल माल लोड गर्ने फोरक्लिपसँग ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।
गम्भीर अवस्थामा रहेका चालकलाई तत्काल वीरगंज गण्डकस्थित वीरगंज हेल्थकेयर अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
मृतक युवकको शव हाल अस्पतालमै राखिएको छ। प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस