Techie IT
२०८२ माघ २, शुक्रबार

सुनसरीमा ट्रक पल्टिँदा ५ जनाको घटनास्थलमै मृत्यु


सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।

हुलाकी राजमार्ग हुँदै बिहीबार बिहान करिब ५;३० बजे विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ मा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार दुर्घटनामा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको मृत्यु भएको छ। उनीहरू सबै सुनसरीको बर्जु गाउँपालिका–१ का बासिन्दा हुन्।

मार्बल बोकेको उक्त ट्रकमा चालकसहित नौ जना सवार थिए। ट्रकको पछाडि सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अगाडि सवार तीन जनाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको डीएसपी खड्काले जानकारी दिए।

ट्रक चालक भने दुर्घटनापछि फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट