Techie IT
२०८२ चैत्र ३, मंगलबार

पृथ्वी राजमार्गमा मिनी ट्रकको ठक्करले पैदलयात्रीको मृत्यु, चालक पक्राउ


पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट शुक्रबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ का ६० वर्षीय दलबहादुर थापा छन्।

डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

ठक्करबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका चालक मकवानपुर सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षीय बाबुलाल लोलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट