Techie IT
२०८२ फागुन २९, शुक्रबार

इटहरीमा ट्रकको ठक्करबाट युवकको मृत्यु, आक्रोशित भीडद्वारा तोडफोड र प्रहरीसँग झडप


इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।

आज साँझ इटहरी–४ गैरी गाउँका पूर्णप्रसाद राईको ट्रकको ठक्करबाट मृत्यु भएको हो। स्थानीयका अनुसार उनको घटनास्थलमै ज्यान गएको थियो।

राईको मृत्यु भएपछि प्रहरीले आफन्तको उपस्थितिबिनै मुचुल्का उठाएको आरोप लगाउँदै ठूलो संख्यामा उपस्थित स्थानीय तोडफोड र आगजनीमा उत्रिएका छन्। आक्रोशित भीडले इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमाल नेतृत्वको प्रहरी टोलीमाथि हातपातसमेत गरेको जनाइएको छ।

घटनास्थलमा रहेका पत्रकार मनोज भुजेलका अनुसार अहिले पनि क्षेत्रको अवस्था तनावग्रस्त छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले थप टोली परिचालन गरेको उनले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट