चैनपुर–नुनढाकी सडकमा जीप दुर्घटना, दुईको मृत्यु, तीन घाइते
सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जीप नुनढाकी नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। मृतकहरूको पहिचान हालसम्म खुल्न सकेको छैन।
दुर्घटनापछि सशस्त्र प्रहरी बल नम्बर ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल र इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राई नेतृत्वको टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार घाइते सबैको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस