Techie IT
२०८३ श्रावण १७, आइतबार

मकवानपुरमा पानी बोकेको गाडी कुलेखानी तालमा खस्यो


मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, मार्खुचौरमा मिनरल वाटर बोकेको गाडी इन्द्रसरोवर (कुलेखानी) तालमा खसेको छ।

मार्खु–कलंकी सडक खण्डमा कलंकीबाट मार्खु जाँदै गरेको बा३ख ३९५४ नम्बरको आईचर गाडी पानी झार्न रोकेको अवस्थामा अचानक अगाडि बढ्दै सडकबाट करिब १५ मिटर तल तालमा खसेको प्रहरीले जनाएको छ।

मार्खु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिपेश यादव नेतृत्वको टोली घटनास्थल पुगेर तालमा डुबिरहेको गाडी निकाल्ने प्रयास गरिरहेको छ।

प्रहरीका अनुसार गाडीधनी ललितपुर–११, शङ्खमूल निवासी दिगज अमात्य, चालक गोरखा सुलिगढ–१ का २१ वर्षीय सुजन परियार र सहचालक मकवानपुरगढी–३ का १८ वर्षीय सुजन जिम्बा प्रहरीको सम्पर्कमा छन्। गाडी तालमा खसे पनि कुनै मानवीय क्षति भएको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट