मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–१६ निवासी ४० वर्षीय विनोद सुवेदीको ज्यान गएको हो।
गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस