Techie IT
२०८२ माघ १७, शनिबार

उखु बोकेको ट्र्याक्टर र मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु


सर्लाहीमा भएका दुई अलग–अलग सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

उखु लोड गरिएको ट्र्याक्टरको ट्रलीबाट खसेर रौतहट राजदेवी नगरपालिका–६ मोहनपुरका ३० वर्षीय राजु पटेलको मृत्यु भएको हो। दुर्घटना सर्लाहीको गोडैता नगरपालिका–४ रहुवास्थित हुलाकी सडक खण्डमा भएको थियो। म.प्र.०३–००१ त ७९०५ नम्बरको ट्र्याक्टर गडहियाबाट बगदहतर्फ उखु बोकेर जाँदै गर्दा अचानक ब्रेक लागेपछि पटेल ट्रलीबाट खसेका थिए। त्यसक्रममा ट्र्याक्टरले थिच्दा उनी गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गडहियाका प्रहरी निरीक्षक कैलाश चौधरीले जानकारी दिएका छन् ।

यसैगरी, सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। शुक्रबार बिहान बिर्ताबाट बर्कुरवातर्फ जाँदै गरेको भारतीय नम्बर बीआर ३० एपी ३०३७ नम्बरको मोटरसाइकलले ६५ वर्षीया शान्तिदेवी ठाकुरलाई ठक्कर दिएको थियो।

टाउको, निधार र ढाडमा गम्भीर चोट लागेकी ठाकुरलाई अमृत हेल्थ केयर बयलबासमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो। एलएस न्युरो अस्पतालमा उपचारका क्रममा अपराह्न उनको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट