Techie IT
२०८३ श्रावण १७, आइतबार

रोल्पा जीप दुर्घटना: २० जनाको देवान्त, आजै शव आफन्तलाई बुझाइने


रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको भीषण जीप दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचान गरी आजै शव परिवारलाई जिम्मा लगाउने तयारी गरिएको छ।

दुर्घटनास्थलमा आज बिहानैदेखि पुनः खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। बिहीबार वर्षा र अँध्यारोका कारण उद्धार कार्य स्थगित गरिएको थियो।

रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार मृतकहरूको पहिचानपछि आजै आफन्तलाई शव हस्तान्तरण गरिनेछ।

रुकुमपूर्वबाट थवाङ गाउँपालिका–१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप बिहीबार दिउँसो दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा हालसम्म २० जनाको मृत्यु पुष्टि भएको छ, जसमा १२ महिला, ४ पुरुष र ४ बालक रहेका छन्।

दुर्घटनामा घाइते रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामीलाई राति नै थप उपचारका लागि रिफर गरिएको छ।

विकट भौगोलिक अवस्थाका कारण शव संकलन गरी दुर्घटनास्थल नजिकै राखिएको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन हेलिकप्टर प्रयोग गर्ने तयारीसमेत गरिएको सीडीओ क्षेत्रीले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट