Techie IT
२०८३ असोज ५, सोमबार

झापामा पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु


झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम खण्डमा आज बिहान भएको दुर्घटनामा ७० वर्षीय प्रल्हाद शिवाकोटीको ज्यान गएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५१०४ नम्बरको पिकअपले सडक पार गरिरहेका स्थानीय शिवाकोटीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनामा संलग्न पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट