Techie IT
२०८३ श्रावण ३१, आइतबार

झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित भीडद्वारा टिपर तोडफोड


झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परी झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको ज्यान गएको हो।

शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका गणेशको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।

चालक पक्राउ र तोडफोड
घटनापछि सवारीसाधनसहित फरार भएका टिपर चालक झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। साइकलयात्री गणेशको मृत्यु भएको खबर फैलिनबित्तिकै आक्रोशित स्थानीय बासिन्दाले दुर्घटना गराउने टिपरमाथि तोडफोड गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट