Techie IT
२०८३ असोज ९, शुक्रबार

वर्षाका कारण मध्यपहाडी लोकमार्ग ठप्प, सडक खुलाउन लगातारको प्रयास असफल


अविरल वर्षाका कारण ठाडाखोलामा आएको लेदोसहितको बाढीले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

निसीखोला गाउँपालिका–४ स्थित ठाडाखोलामा आएको बाढीले सडकमा भारी क्षति पुर्‍याएपछि आज साँझदेखि लोकमार्गमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो। निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य घर्तीमगरले सानोखोला क्षेत्रबाट आएको बाढीले लोकमार्गमा क्षति पुर्‍याउँदा जनजीवन र आवतजावत प्रभावित भएको जानकारी दिए।

सडकमा थुप्रिएको गेग्रान तथा लेदो पन्छाएर यातायात सुचारु गर्न सडक डिभिजन कार्यालय बागलुङ र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयसँग समन्वय भइरहेको अध्यक्ष घर्तीमगरले बताए। तर, लगातार भइरहेको वर्षाका कारण तत्काल सडक खुलाउन कठिनाइ भइरहेको उनको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट