Techie IT
२०८३ भाद्र २६, शुक्रबार

तिङ्कर भञ्ज्याङमा नबल खड्काको पुस्तक विमोचन


चलचित्रकर्मी तथा लेखक नबल खड्काको नयाँ पुस्तक ‘नबल खड्का’ नेपालको उत्तर–पश्चिमी सीमास्थित दार्चुलाको तिङ्कर भञ्ज्याङमा विमोचन गरिएको छ। समुद्र सतहदेखि ५ हजार २५८ मिटरको उचाइमा रहेको ऐतिहासिक १ नम्बर जङ्गे सीमा स्तम्भमै पुगेर सो पुस्तकको विशेष विमोचन गरिएको हो।

राष्ट्रिय जेन्जी नागरिक अभियानद्वारा आयोजित कार्यक्रममा अभियानका संयोजक सुनिल सिंहले पुस्तकको विमोचन गरेका हुन्। कार्यक्रमका अध्यक्षसमेत रहेका सिंहले अभिनेता खड्कालाई देशप्रेमको सशक्त आवाजको संज्ञा दिँदै राज्यले समयमै यस्ता देशभक्त नागरिक र स्रष्टाको कदर गर्नुपर्नेमा जोड दिए।

सोही अवसरमा अभिनेता खड्काले आफ्नो पुस्तक ‘नबल खड्का’ तथा आफ्ना राष्ट्रभक्तिपूर्ण चलचित्रहरू ‘भीमदत्त’ र ‘काँडेतार’ बाट प्राप्त हुने कुल मुनाफाको ५० प्रतिशत हिस्सा सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानका लागि खर्च गर्ने घोषणा गरे।

"हामी सीमाको रक्षाका लागि ० नम्बर पिलर खोज्न गयौँ तर भेटिएन। सरकारले ० नम्बर पिलर कहाँ छ, स्पष्ट पारोस्," खड्काले भने। उनले लिपुलेक, लिम्पियाधुरा र महाकाली क्षेत्रको वास्तविक र विकराल अवस्था बुझ्नका लागि सरकारका प्रतिनिधिहरूलाई स्थानीय नागरिकसँगै सीमा क्षेत्रमा एक रात बिताउनसमेत सुझाव दिए।

खड्काको यो कदम र विमोचनको नौलो शैलीले सीमा सुरक्षा र राष्ट्रियताको बहसलाई पुनः सतहमा ल्याइदिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट