Techie IT
२०८३ श्रावण १०, आइतबार

पाँचधारे बजार पहिरोको उच्च जोखिममा


खोटाङको टेम्केमैयुङ गाउँपालिका–९ स्थित लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको उच्च जोखिममा परेको छ । बजारमाथिको डाँडामा जमिन चर्किएर पहिरो सुरु भएसँगै बस्ती जोखिममा परेको हो ।

स्थानीय वडाध्यक्ष नभराज माङ्गपाहाङ्गका अनुसार बजार क्षेत्रको माथिल्लो भागमा जमिनमा चिरा परेर पहिरो जान थालेको छ । उक्त क्षेत्रमा ढुंगा उत्खनन गरिएकोले जमिन कमजोर बनेको र त्यसले बस्तीलाई प्रत्यक्ष असर पारेको उनले बताए ।

“अहिले पनि पहिरो सर्ने क्रम जारी छ,” वडाध्यक्ष माङ्गपाहाङ्गले भने, “यदि भारी वर्षा भयो भने बस्ती नै जोखिममा पर्न सक्छ।”

उनका अनुसार पहिरोको सिधा असरमा परेका आठवटा घर अत्यन्त जोखिममा छन् । “प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा जानकारी पठाइएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन,” उनले गुनासो गरे।

हाल पहिरो सुरू भइसकेको र जमिन निरन्तर चर्किरहेको अवस्थामा रोकथामका लागि चाँडो कदम चाल्नुपर्ने उनले चेतावनी दिएका छन्। समयमै नियन्त्रण नगरिए ठूलो क्षति हुने खतरा रहेको स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट