Techie IT
२०८२ कार्तिक २, आइतबार

कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


जल तथा मौसम विज्ञान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ।

विशेषगरी लुम्बिनी प्रदेशको तराई भू–भाग, साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ।

महाशाखाले दिएको जानकारीअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावले मनसुन गतिविधि केही बढ्ने देखिएको छ।

यसै कारण आज दिनभर देशभर साधारणतया बदली रहनेछ। राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, तथा अन्य पहाडी भू–भागमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी स्थानमा आंशिक बदली रहनेछ।

गण्डकीको पहाडी र लुम्बिनीको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट