Techie IT
२०८२ असोज ३१, शुक्रबार

बागमती र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना


मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले हाल देशभर मौसमी गतिविधि सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रिरहेको कारण वर्षा भइरहेको महाशाखाको भनाइ छ ।

सोमबार बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ । महाशाखाले अद्यावधिक गरेको विवरणअनुसार कञ्चनपुरको दोधारामा पछिल्लो एक घन्टामै ३९.८ मिलिमिटर वर्षा भएको छ। त्यस्तै डोटीको गैरामा १५ मिलिमिटर र डडेलधुराको साहुखर्कमा १०.८ मिलिमिटर वर्षा रेकर्ड भएको छ। बैतडी, बझाङसहितका जिल्लामा समेत वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

सोमबार राति पनि देशभर सामान्यतया बदली रहने र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, बागमती, गण्डकी, लुम्बिनी प्रदेश तथा अन्य पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट