आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ ।
यसका कारण कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य बदली छ भने बाँकी भू-भागमा आंशिक बदली देखिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बुधबार कोशी र मधेस प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान विभागले जनाएको छ । यस क्रममा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, अन्य प्रदेशका पहाडका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
यस्तै, कोशी प्रदेशको तराई र बागमती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत रहेको विभागले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस