यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ। यसको प्रभावले कोशी र मधेस प्रदेशसहित देशका पहाडी भागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली भएको छ।
आज बिहान कोशी र बागमती प्रदेशका केही स्थानमा, साथै मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले दिउँसो बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागमा र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। मधेस र लुम्बिनी तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि छ।
आज राति पहाडी भूभागमा सामान्यतया बदली रहने र कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान छ। लुम्बिनी तराईका केही ठाउँमा हावाहुरीको सम्भावना कायम रहनेछ।
महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस